मेचीनगर – नेपाल प्रेस इन्स्टिच्यूटले वर्ष उत्कृष्ट प्रशिक्षार्थी घोषणा गरेका पत्रकार गगन ढकाल कान्तिपुर पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
नेपाल प्रेस इन्स्टिच्यूटको दश महिने पत्रकारिता अध्ययन गर्ने प्रशिक्षार्थीहरुमध्येबाट ढकाल सर्वोत्कृष्ट हुनुभएको थियो । उहाँलाई रु. ७ हजार नगरसहित कान्तिपुर पब्लिकेसनले वार्षिकोत्सवको अवसर पारेर उहाँलाई पुरस्कृत गरेको हो ।

लोकतन्त्र पोस्ट दैनिकबाट पत्रकारिता आरम्भ गर्नुभएको ढकाल मेचीनगर वडा नं. ३ निवासी हुनुहुन्छ । हाल इजलास दैनिकमा कार्यरत उहाँलाई इस्न्टिच्युटमा अध्ययन गर्नका लागि मेचीनगर नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको थियो ।
निवत्र्तमान नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीको पहलमा नगरपालिकाले आफ्नो इतिहासमै पहिलोपल्ट ढकाललाई पत्रकारिता अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको थियो ।
पुरस्कृत पत्रकार ढकालले छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाप्रति आभार व्यक्त गर्नुभएको छ ।







प्रतिक्रिया