शिवसताक्षी । शिवसताक्षी नगरपालिकालको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सम्मान पत्र तथा नगर पुरस्कार प्रदान गरेका थिए । नगरपालिकाले सम्मानित कर्मचारीहरुलाई जनही ७ हजार प्रदान गरेको थियो ।

सम्मानित हुनेहरुमा अधिकृत छैटौ योजना शाखाका प्रकाश रन्जितकार, वडा नं. ७ का वडासचिव धनराज इम्बुङ्ग, वडा नं. ८ को आधारभूत स्वास्थ्यकेन्द्रमा कार्यरत एच.ए. सोनी लिम्बु, वडा नं. ५ मा कार्यरत कार्यालय सहयोगी भुटलाल ताजपुरिया, फोहोर मैला व्यवस्थापनका सवारी चालक उमेश दाहाल रहेका छन् ।
नगरसभामा बोल्दै नगरप्रमुख थोप्राले आफु निर्वाचित हुँदा पहिलो घोषणा गरिएको दमकल खरिदको काम अब अन्तिम चरणमा रहेको बताए । शिवसताक्षी नगरपालिकाले दिएको मापदण्ड अनुसारको दमकल सम्बन्धित ठाउँमा बनाई सकेको र अब ल्याउने प्रकृया अघि बढेको जानकारी दिए । त्यस्तै उनले शिवसताक्षी नगरबासीको मृत्युवरण भए शवलाई घाटसम्म पु¥याउने शव बहान पनि ल्याइसकिएको बताए । सब बाहन खरिद गरी त्यसमा आवश्यक उपकरण जडानका लागि विर्तामोडमा काम भइरहेको जानकारी दिए ।
दमकल र सवबहानलाई आवश्यक पर्ने जनशक्तिलाई नगरका सवारी चालक तथा नगर प्रहरीलाई तालिम दिई परिचालन गर्ने बताइएको छ । जंगली हात्तीले धन जनको क्षति गरेमा नगरबासीलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले राहत उपलब्ध गराउन थालिएको नगरप्रमुख थोप्राको भनाई छ ।
नगर उपप्रमुख नरमाया कार्कीले नगरपालिका, संघ र प्रदेशबाट विनियोजित बजेटबाट गरिएका हालसम्मका प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । उनले नगरपालिकाले देशैमा तरलता आउँदा नगरपालिकाको बजेटमा पनि असर परेको भन्दै आन्तरिक स्रोतको पहिचान गर्नुपर्ने बताइन् ।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले लेखा परिक्षण प्रतिवेदनमा नगरपालिकालाई दिएको सुझाबहरु जनप्रतिनिधिहरुलाई सुनाएका थिए । नगरपालिकाले प्रशासनिक काममा धेरै सुधार गर्नु पर्ने सुझाब रहेको उनले बताए । नगरपालिकाले बजेट विनियोजन गर्दा परिणाम देखिने काममा मात्र विनियोजन गर्नुु पर्ने सुझाब आएको र नगरपालिकाले गर्ने केही कामहरुमा कार्यविधि नै बनाएर लागु गर्नु गर्दा मात्रै बेरुजु नआउने भएकाले अब हरेक काममा सुधार गर्दैै जानु पर्ने उनको भनाई थियो ।
नगरसभामा विषयगत समितिहरुले विधेक पारित गराए । यस अघि नगरपालिकाले विनियोजित बजेट, खर्च नभएकालाई उपलब्धि मुलक कामका लागि शिर्षक परिवर्तन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।







प्रतिक्रिया