Banner news

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिने

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिने


काठमाडौँ । राष्ट्रपति निर्वाचनका उम्मेदवारको आज नामावली प्रकाशन हुने भएको छ । शनिबार उम्मेदवारी दर्ता भएको थियो ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म तय गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदानस्थल तोकिएको छ भने दुईवटा मतदान केन्द्र रहनेछन् ।

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्ने आयोगले जनाएको छ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

शेयर गर्नुहोस :

0
Shares