Banner news

आज ताराईमा होली मनाइँदै

आज ताराईमा होली मनाइँदै


बिर्तामोड । हिजो उपत्यकासहित पहाडी जिल्लाहरुमा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा मनाइँदै छ ।

रंगहरुको पर्व होलीको अवसरमा सरकारले हिजो र आज सार्वजनिक विदा दिएको छ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन तराईका जिल्लाहरुमा होली पर्व मनाइन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने चलन छ ।

शेयर गर्नुहोस :

0
Shares