मुख्य समाचार

महिला दिवसमा काँँकरभिट्टामा र्याली प्रदर्शन

महिला दिवसमा काँँकरभिट्टामा र्याली प्रदर्शन


मेचीनगर । आज इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा ११३ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा काँँकरभिट्टा परिसरमा र्याली प्रदर्शन भएको छ ।

समुदाय–प्रहरी कार्यक्रम अन्तरगत महिला दिवसको अवसरमा काँँकरभिट्टामा र्याली प्रदर्शन गरिएको हो ।

‘लैङ्गिक समाजको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको आधार’ भन्ने नारासहित काँकरभिट्टा बजार परिक्रमापछि कोणसभामा परिणत भएको छ ।

कोणसभामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दीपक भारती, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, सामुदायिक प्रहरी सेवा केन्द्रकी उपाध्यक्ष विना तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा माइती नेपाल, आफन्त नेपाल, साहसी महिला नेपाल, विश्व सेवा विस्तार संस्था, साना हातहरु नेपाल, शक्ति समुह लगायत समाज सेवीहरुको सहभागिता रहेको थियो ।

माइती नेपाल काँकरभिट्टाका प्रमुख गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका सई मिलन राईले गर्नु भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares