Banner news

आज अन्तर्राष्ट्रिय नारी दिवस

आज अन्तर्राष्ट्रिय नारी दिवस


काठमाडौं । हरेक वर्ष ८ मार्चमा मनाइँदै आएको अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष पनि देशैभरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा ‘लैङ्गिक समानताक लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा पनि महिला दिवसको अवसरमा महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली गोष्ठी तथा अन्तर्क्रिरया कार्यक्रमको आयोजना गरेका छन् ।

आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायालयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजनक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् ।

शेयर गर्नुहोस :

0
Shares