दैलेख । दैलेखको गुराँस गाउँपालिका–८ मा विवाह गर्न वडा कार्यालयको अनुमति चाहिने भएको छ ।
बाल विवाहलाई निरुत्साहित गर्न अनुमति अनिवार्य गरिएको वडा कार्यालयले जनाएको छ । फागुन १२ गते बसेको वडा समितिको बैठकले उक्त निर्णय गरेको वडाध्यक्ष दीपेन्द्र ओलीले जनाएका छन् ।
वडाध्यक्ष ओलीले आज जारी गरेको सूचनामा उल्लेख छ ‘मिति २०७९ फागुन १२ गते बसेको वडा समितिको बैठकको निर्णय नम्बर ४ अनुसार यस वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यस पूर्व नै यस वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्नुहुन सूचित गरिन्छ ।’
साथै विवाह दर्ता गर्न पनि विवाह पूर्व लिएको अनुमतिपत्र अनिवार्य हुनेपर्ने सूचनामा उल्लेख छ ।







प्रतिक्रिया