बिर्तामोड । प्रहरीले झापामा दुई स्थानबाट प्रतिबन्धित लागुऔषध जस्तो देखिने पदार्थ सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले झापा गाउँपालिका वडा नम्बर १ लसुना स्थित प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने २ ग्राम लिसाइलो पदार्थसहित देवेन्द्र चौधरी (समिर) नियन्त्रणमा लिएको छ । साथै ईलाका प्रहरी कार्यालय काँकडभिट्टा तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले प्रतिबन्धित लागुऔषध हिरोईन जस्तो देखिने १ ग्राम ५०० मिलिग्राम खैरो लिसाईलो पदार्थसहित मेचिनगर १० धुलाबारीका खातिबुल महमदलाई नियन्त्रणमा लिएको झापा जिल्ला प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन् ।
साथै पक्राउ परेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्भान पनि गरिरहेको प्रवक्ता रिजालले बताएका छन् ।







प्रतिक्रिया