Banner news

बुधबारे हटिया ११ बजेपछि खाली गर्ने निर्णय बिर्तामोडका ५४ जना जनप्रतिनिधिद्वारा पारित

बुधबारे हटिया ११ बजेपछि खाली गर्ने निर्णय बिर्तामोडका ५४ जना जनप्रतिनिधिद्वारा पारित


बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको बुधबारे हटिया आज खाली गराइने भएको छ । व्यवसायीलाई नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै ठाउँ खाली गर्न आव्हान गर्दा नमानेपछि कानुन बमोजिम आज हटाउन लागिएको हो ।

११ बजेपछि नगरपालिकाले बुधबारे बजारको घर, टहरा र संरचनाहरु खाली गर्ने जनाएको छ । बिर्तामोडका १० वटै वडाका ५४ जना जनप्रतिनिधिहरुले आज विहान विशेष बैठक बसेर एकमतका साथ बजार खाली गराउने निर्णय गरेका छन् ।

यसअघि नगरपालिकाले राजनीतिक दलहरुको सहमति लिइसकेको छ । दलहरुको सहमतिकै कारण बिर्तामोड नगरपालिकाले कार्यपालिकाबाट निर्णय गर्दै सो बजारमा बहुउद्देश्यीय व्यवासायिक भवन निर्माण गर्न लागेको हो । भवन निर्माणमा ९० प्रतिशत लगानी नगर विकास कोषले गर्ने जनाएको छ । आइतवार पत्रचार गर्दै नगर विकास कोषले लगानीको प्रतिवद्धा समेत जनाएको छ ।

नगरपालिकासँग सम्झौता गरेर बसेका व्यापारीहरुले समेत नगरले हटाउन चाहेको खण्डमा ठाउँ छाडिदिने सहमतिमा व्यापार गर्दै आएका थिए । पछिल्लो समय बजार क्षेत्रमा नगरसँग सम्झौता नगरी आफुखुशी किनबेच गरेर व्यवसाय सञ्चालन गर्दै आएको बुझिएको छ ।

शेयर गर्नुहोस :

0
Shares