मुख्य समाचार

युवा संघले थाल्यो एक युवा पाँच विरुवा अभियान

युवा संघले थाल्यो एक युवा पाँच विरुवा अभियान


झापा । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने नारासाथ एक युवा पाँच विरुवा अभियान सुरु गरेको छ ।

शनिबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–१ गागलफेदीमा वृक्षरोपण गरेर अभियानको शुभारम्भ गरिएको युवा संघका प्रवक्ता निरोज पोडेलले जानकारी दिए । सो क्षेत्रमा आज ७ सय ५० बिरुवा रोपिएको छ ।

वृक्षरोपण कार्यक्रममा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा युवाफाट इञ्चार्ज महेश बस्नेत, युवा संघ अध्यक्ष क्षितिज थेबे लगायत सहभागी भएका थिए । सो अभियान अन्तर्गत देशैभर ५ लाख बिरुवा रोप्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares