बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाका पूर्व विद्यार्थी नेताहरुको मञ्च पूर्व विद्यार्थी मञ्च झापाको विस्तारित भेला शनिबार बिर्तामोडमा सम्पन्न भएको छ ।

यो मञ्च पछिल्ले समय झापाको बाम आन्दोलन र अनेरास्ववियुको इतिहासको खोजी गरी पुस्तक प्रकाशन गर्ने लक्ष्यका साथ यो मञ्च क्रियाशील रहेको छ ।
मञ्च झापाको विस्तारित भेलामा मन्चको अहिलेसम्मको काम र आगामी कार्ययोजनाबारे संयोजक भरत शिवाकोटीले संक्षिप्त जानकारी गराउदै दुई दर्जन बढी लेखहरु प्राप्त भइसकेको र एक दर्जन बढी व्याक्तिहरुको लेख आउने तयारी भइरहेको जानकारी गराएका थिए । भेलामा उपस्थित सम्पूर्ण अतिथि तथा पूर्व विद्यार्थीहरुले मञ्च झापाको अभियानप्रती ऐक्बदत्ता जनाएका थिए ।

भेलामा अग्रज पूर्व जिल्ला कमिटी अध्यक्ष मेघ प्रसाद रेग्मी, कोशाध्यक्ष मुकुन्द रेग्मी,जिल्ला सदस्य काजी बुढाथोकी लगायत अनेरास्ववियुका पूर्व विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
भेलाले संकलित लेखहरु टाइपिङ गर्ने कार्यका लागि अग्रज पत्रकार माधव विद्रोहीलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरी अनेरास्ववियु झापाको क्याम्पस कमिटीको नामावली संकलन गर्ने जिम्मेवारी क्याम्पस जिल्ला कमिटीका पूर्व अध्यक्ष नवीन ढुङ्गानालाई दिएको छ भने अनेरास्ववियु झापाको पन्ध्रौं जिल्ला सम्मेलन पश्चातको जिल्ला कमिटीको नामावलीहरु संकलन गर्ने जिम्मेवारी अनेरास्ववियु झापाका पूर्व अध्यक्ष समर्पण खतिवडालाई दिएको छ ।
भेलाको अध्यक्षता संयोजक भरत शिवाकोटीले गरेका थिए भने सञ्चालन सचिव धर्मेन्द्र खडकाले गरेका थिए ।







प्रतिक्रिया