मुख्य समाचार

बिर्तामोडमा दुई दर्जनले लिए निशुल्क प्रसुति सेवा

बिर्तामोडमा दुई दर्जनले लिए निशुल्क प्रसुति सेवा


बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा निशुल्क नर्मल डेलिभरी (प्रसुति) सेवा लिनेको संख्या २४ पुगेको छ । अस्पतालमा असार ३ गते आइतबार देखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएपछि लाभ लिनेको संख्या २४ जना पुगेको हो ।

अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसँगै नर्मल डेलिभरी (प्रसूती) सेवालाई समेत अघि बढाएको थियो । नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि मायाकोे झोलासमेत प्रदान गरिदै आएको छ । झोेलामा बच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक एक थान उपलव्ध हुन्छ ।

नगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई १ हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुको लागि ८ सय रुपैयाँ थप गरि १८ सय रुपैयाँ नगद पनि प्रदान गर्दै आएको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालले स्त्री तथा प्रसुती रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ, एमडीजिपी, मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट राखेर सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा हाल दैनिक २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य विमा सेवासंगै सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप, रेबिज विरुद्वको खोप लगायतका सेवा उपलव्ध गराउँदै आएको छ ।

हाल दैनिक ३ सय जना भन्दा बढीले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिँदै आएका छन् ।

शेयर गर्नुहोस :

0
Shares