काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आइतबार ११औं दिनको यात्रा गर्दैछ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानको ११औं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेको टोली गोरखाबाट काभ्रेपलाञ्चोकतर्फ जानेछ ।
टोली बिहान नुवाकोटको विदुर नगरपालिकाबाट हिँड्नेछ । शिवपुरी गाउँपालिकास्थित चिसापानीमा खान खाएर टोलीले छहरे, पार्टीभञ्ज्याङ लगायत ठाउमा भेटघाट गर्नेछ । त्यसपछि टोली मण्डनदेउपुर नगरपालिकाको कुन्तावेशी बजारमा हुने जनसभामा सहभागी हुनेछ । सभालाई अध्यक्ष ओलीसहितका नेताहरुले सम्बोधन गर्नुहुनेछ ।
टोली आज काभ्रेको धुलिखेलमा बास बस्नेछ ।
यात्राको दशौं दिन गोरखाको सल्यानटारबाट हिँडेको अध्यक्ष ओली नेतृत्वको टोली धादिङ हुँदै राति नुवाकोट पुगेको थियो । राति साढे १० बजे नुवाकोटको बट्टार बजारमा आयोजित जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।







प्रतिक्रिया