काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ६ केजी सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् । शनिबार राति फ्लाइ दुबईबाट काठमाडौं आएका इजिप्टका नागरिक साढे ६ केजी सुनसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका इजिप्टीयन नागरिक एफ जेट ५७३ फ्लाइबाट शनिबार राति ११ बजेर ५१ मिनेट ल्याण्ड भएका थिए । उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थाबाट पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले बताए ।
भन्सार पास भइसकेको सुन सिभिलमा खटिएको प्रहरीले शंका लागेपछि जाँच गर्दा उक्त परिमाणको सुन बरामद भएको हो । उनले भने,‘भन्सारबाट पास भइसकेपछि १२ बजेर ४५ मिनेटमा उनी पक्राउ परेका हुन् ।पक्राउ परेका व्यक्ति इजिप्टको भन्ने खुलेको छ । उनको साथबाट ६ किलो ५७५ ग्राम सुन बरामद भएको छ । ’
डिआईजी चन्दका अनुसार सुडानी नागरिक २ जना पनि पक्राउ परेका छन् । उनीहरुमाथि पनि अनुसन्धान जारी रहेको उनले बताए । यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो ।







प्रतिक्रिया