मुख्य समाचार

एमाले सरकारमा नभएपछि विकास नहुनु स्वभाविक : केपी ओली

एमाले सरकारमा नभएपछि विकास नहुनु स्वभाविक : केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिला सुस्ती हुनु स्वभाविकै भएको बताउनुभएको छ ।

मध्यपहाडी लोकमार्ग विशेष अभियान (झुलाघाट – चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा) अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा भएपपछि विकास नहुनु, भएपनि सुस्त हुनु र काम रोकिनु स्वभाविक भएको बताउनुभयो ।

आफू नेतृत्वको सरकारको साढे ३ वर्षको अवधिमा असाधारण काम गरेको स्मरण गर्दै उहाँले एमाले सरकारबाट बाहिरिएपछि विकास निर्माणका काम ठप्प भएका बताउनुभयो । चीनसँगको आवागमनलाई सहज बनाउन टोखा९छहरे सुरुङमार्ग बनाउने लगायत योजना आफूहरुले अगाडि सारेको अध्यक्ष ओलीले बताउनुभयो ।

एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुआत गरेपनि अहिलेको गठबन्धा सरकारले त्यसमा ध्यान केन्द्रित गर्न नसकेको र काम अगाडि बढाउन नसकेको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ,  ुगल्छी-मैलुङ-रसुवागढी बाटो बनाउने काम थाल्यौं, चीनसँगको आवागमनलाई सहज बनाउन टोखा९छहरे सुरुङमार्ग निर्माण गर्ने योजना अगाडि सार्‍यौं, २४ किलोमिटर स्याप्रुबेसी९बेत्राबतीखण्डलाई पनि सुरुङ बनाएर काम गर्न योजना अघि सार्‍यौं, त्यसले रेलमार्गका लागि सहज बनाउँछ, काठमाडौंबाट दिल्ली र काठमाडौंबाट बेइजिङ कनेक्सन दुवैतिर सजिलो बनाउँछ, हामीले भारतसँग पनि कुरा गर्‍यौं, रक्सौल९काठमाडौं रेलका लागि भारतले र चीनले पनि काम गरिरहेको छ, हामी सरकारमा छैनौं त्यकारण केही बिलम्ब भएको छ, हामी सरकारमा नभएपछि ढिलाढाला हुनु, सुस्त हुनु, काम रोकिनु स्वभाविकै हो, जसले जति सक्छ त्यति न गर्छ ।

अहिलेको सरकारले सक्नेजति गरीराखेकै होला भन्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो ९ ुतर सक्ने अवस्था नहुँदा त्यस्तो भएको होला, हामीले साढे ३ वर्षको अवधिमा असाधारण काम गरेका थियौं ।

एमाले नेतृत्वको सरकारले मध्यपहाडी राजमार्ग जहाँसम्म पुर्‍याएको थियो त्यहीसम्म पुगेर कामको गति रोकिएको पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो ९ ुकेही खण्ड हेर्नै आएका हौं हामी, २१ किलोमिटर त ट्रयाक त बनाइएको रहेनछ, त्यसमध्ये १८ किलोमिटर अहिले वनले स्वीकृति दिएर अब बन्ला कि भनेर भनेर आशा पलाएको रहेछ, ३ किलोमिटरको अझै कहाँबाट ट्रयाक जाने भन्ने टुंगो छैन, अनिश्चितता छ, यो बाटो अबिलम्ब बन्नुपर्छ, जनताको असुविधासँग मात्र होइन यहाँको आर्थिक उन्नती र विकास सबैसँग जोडिएको छ ।

एमाले नेतृत्वको सरकार पोखरा र भैरहवामा विमानस्थल बनाएपनि अहिलेको सरकारले ती विमानस्थल चलाउन नसकेको भन्दै उहाँले सरकारलाई हुतिहाराको संज्ञा दिनुभयो । नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैंले त्यसको सम्मान गर्न सक्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । नेपालको हित र फाइदाका लागि छिमेकी वा जुनसुकै राष्ट्रले सहयोग गरेपनि लिनुपर्ने भन्दै उहाँले सहयोग लिँदा राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्र लिनुपर्ने बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares