मुख्य समाचार

‘पूर्वी गर्जन’ को बिमोचन

‘पूर्वी गर्जन’ को बिमोचन


विर्तामोड । पूर्वी गर्जन मिडिया प्रालिद्वारा प्रकाशित ‘पूर्वी गर्जन’ नामक मेगेजिन बिहीवार एक समारोहबीच बिमोचन भएको छ ।

विर्तामोडको होटल ग्रान्ड प्यासिफिकमा आयोजित विमोचन भएको उक्त मेगेजिनको प्रधान सम्पादक प्रकाश डुम्रे, सम्पादक प्रविण अधिकारी र प्रबन्ध सम्पादक सञ्जय सी रहेका छन् ।

नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपा माओबादीका स्थायी कमिटी सदस्य अनिल बिरही लगायतले मेगेजिनको बिमोचन गरेका थिए ।

प्रालिका निर्देशक सुमन सिंह सीको अध्यक्षतामा भएको बिमोचन कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य बिरही, नेकपा माओबादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी), नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटीका सदस्य लीलाराज झापाली, महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायतका वक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सोही कार्यक्रममा सञ्चारकर्मी नरेन्द्र ढकाललाई पूर्वी गर्जन मिडिया प्रालिले रु. १० हजार नगदसहित पुरस्कार प्रदान गरेको थियो ।

प्रालिले २ लाखको एकीकृत जनक्रान्ति बलिदान अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । सोही कोषको व्याजबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मान गरिने कोषका अध्यक्ष सुमन सिंह सीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares