शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाले २१ लाख ६९ हजार ४ सय ७ रुपैयाँ ३९ पैसा मुनाफा गरेको छ । संस्थाद्वारा अर्जुनधारा जलेश्वरधामको श्रवण हलमा शनिबार आयोजित २१ औं बार्षिक साधारणसभामा संचालक समितिका अध्यक्ष डिल्ली बहादुर घोर्सानेले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराएका हुन् ।

घोर्सानेका अनुसार एक हजार दुई सय ३७ जना शेयर सदस्य रहेको संस्थामा शेयरपूँजी ९० लाख ७७ हजार एक सय रुपैयाँ रहेको छ । आर्थिक बर्ष ०७९/०८० मा कर्जा लगानी चार करोड ७२ लाख २१ हजार एक सय ३३ रुपैयाँ र निक्षेप बचत मौज्दात दुई करोड ४७ लाख ६७ हजार २७ रुपैयाँ रहेको प्रतिवेदन उल्लेख गरिएको छ ।
साधारणसभामा संस्थाकी व्यवस्थापक तुलसा कुँवरले आगामी आर्थिक बर्ष ०८०/०८१ का लागि अनुमानित आय/व्यय विवरण तथा बजेट प्रस्तुत गरेकी थिइन् भने लेखा समितिको तर्फबाट संयोजक ठाकुरसिंह गुरुङले लेखापरीक्षण प्रस्तुत गरेका थिए ।

अर्जुनधारा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख राजविक्रम खड्काको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य देवका भण्डारी, असल ऋणी दुर्गादेवी विष्ट र असल बचत कर्ता टिकामाया मैनालीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट बचत कर्ता तथा ऋणी धनमाया ढुंगाना, उत्कृष्ट बाल बचत कर्ताहरु दिप्सन पौडेल, महेश भुजेल र आकृति तोस्नीवाललाई सम्मान गरिएको व्यवस्थापक कुँवरले जानकारी दिइन् ।
अध्यक्ष घोर्सानेले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि खड्का, अर्जुनधारा जलेश्वरधामका मुल अर्चक अग्निप्रसाद सिग्देल, प्रज्जवला अपाङ्ग सहकारीका सल्लाहकार सदस्य पदम बहादुर मगर, उपाध्यक्ष रञ्जना कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बार्षिकोत्सवको अवसरमा २१ वटा दिप प्रज्वलन गरेर साधारणसभाको उद्घाटन गरिएको थियो ।







प्रतिक्रिया