बिर्तामोड । मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी आज रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा २० हजार रुपैयाँ धरौटी तिरेर उनी रिहा भएका हुन् । उनीमाथि मुख्यमन्त्रीको गाडीमा भएको तोडफोडको ५ लाख रुपैयाँको बिगो हालिएको थियो । अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएका चौधरीमाथि अनुसन्धान गर्न प्रहरीले दुईपटक म्याद थपेको थियो । पहिलो पटक पाँच दिन र त्यसपछि तीन दिन म्याद थप गरिएको थियो । ८ दिनको म्याद सकिएकाले अब म्याद थप नगरी रिहा गरिएको झापा प्रहरीले जनाएको छ ।







प्रतिक्रिया