मुख्य समाचार

धौलागिरी पारिजातको अध्यक्षमा भट्टराई

धौलागिरी पारिजातको अध्यक्षमा भट्टराई


बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको अध्यक्षमा किशोर भट्टराई चयन भएका छन् । यसअघि भट्टराई संस्थाको सचिवको जिम्मेवारीमा थिए ।
११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । संस्थाका सबै सञ्चालक समिति निर्विरोध चयन भएका छन् ।

संस्थाको उपाध्यक्षमा पार्वता श्रेष्ठ र सचिवमा डा. गौरीशंकर झा चयन भएका छन् । सदस्यहरु माधवप्रसाद आचार्य, खड्गबहादुर तामाङ, पुष्पराज भट्टराई, गंगादेवी गौतम, कमलादेवी सापकोटा, कमलमान सिंह चौहान, रेशबहादुर बस्नेत र भीमबहादुर पौडेल चयन भएका छन् ।

त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकमा दुर्गानारायण चौधरी र सदस्यद्वयमा डम्बरप्रसाद ढुंगाना र सुनिता पोखरेल चयन भएका छन् ।

पाँचौँ कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिलाई भोलि पुस ६ गते हुने १६ औँ वार्षिक साधारणसभामा पद हस्तान्तरण गरिने अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares