मुख्य समाचार

ओलीको ‘नयाँ युगको सुरुवात’, सामाजिक सुरक्षा योजना पाँच वर्ष पुरा

ओलीको ‘नयाँ युगको सुरुवात’, सामाजिक सुरक्षा योजना पाँच वर्ष पुरा


बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ युगको सुरुवात’ नारासहित सुरू गर्नुभएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना पाँच वर्ष पुगेको छ ।

यस योजनामा २०८० पुस ३ गते सम्म १८ हजार ५१५ रोजगारदाता र ९ लाख ९३ हजार ८८२ श्रमिक (योगदान कर्ता) कोषमा सूचिकृत भइसक्नुभएको छ ।

अहिलेसम्म कोषमा ४६३१.२६ करोड योगदान जम्मा भएको छ भने ६७४.२५ करोड कुल भुक्तानी भइसकेको छ । भुक्तानीमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम ८०.४६ करोड, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम ९.०९ करोड, आश्रित परिवार सुरक्षा दावी रकम ११.१३ करोड र अवकाश दावी रकम ५७३.५७ करोड रहेको छ ।

अध्यक्ष ओलीको प्रधानमन्त्रीकालमा तीव्र रूपमा अगाडि बढेको योजना अहिले भने टुकुर टुकुरको गतिमा अगाडि बढिरहेको प्रधानमन्त्रीका तत्कालीन प्रमुख राजनीतिक सल्लाहकार समेत रहनुभएका नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । अध्यक्ष ओलीले फेरि सत्ताको नेतृत्व गर्न पाउनु भएको खण्डमा यो योजना तीव्र गतिमा अगाडि बढ्ने उपमहासचिव रिमालको विश्वास छ ।

शेयर गर्नुहोस :

0
Shares