मुख्य समाचार

मृत्युदण्ड सुनाइएका झापाका राउत भन्छन् – अब कहिल्यै विदेश जान्न

मृत्युदण्ड सुनाइएका झापाका राउत भन्छन् – अब कहिल्यै विदेश जान्न


झापा । कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका– ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवाष राउत स्वदेश फर्किएका छन् ।

तीन वर्ष पहिले आफ्नै रुममा बस्ने खोटाङ्ग ऐसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा सुबाषलाई कतार सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो । राउतले बिदाका दिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र झगडा पर्दा राईको मृत्यु भएको बताइएको छ । राईको मृत्युका कारण राउतलाई लगाएर कतार प्रहरीले मृत्युदण्डको सजाय सुनाएको थियो । तर उक्त घटनामा आफु निर्दोश रहेको राउतले बताउँदै आएका थिए । राउतलाई विदेशमा मृत्युदण्डको सजाय सुनाएसँगै स्वदेशमा रहेका दुई छोराछोरी, श्रीमती कुमारी राउत, बुबा जितबहादुर र आमा दुर्गामायाको विजोग भएको थियो ।

उक्त खबर सुनेसँगै आमा दुर्गामायाको समेत निधन भएको थियो । कतारमा मृत्युदण्डको सजाय सुनाएसँगै स्थानीयवासीको पहलमा ब्लडमनि तिर्नका लागि रकम सङ्कलन गरी पीडित परिवारलाई रकम बुझाएर तीन बर्ष पछाडि राउतलाई स्वदेश फर्काइएको छ ।

राउतलाई स्वदेश फकाउनका लागि तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो । उक्त समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट २० लाख २४ हजार रुपैयाँ रकम सङ्कलन गरेको थियो । राउत स्वदेश फर्काएसँगै आइतबार गाउँमा भव्य स्वागत गरिएको छ ।

झापा क्षेत्रनम्बर ४ का संघीय सांसद लालप्रसाद साँवा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरल, उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रदेश सरकारका पूर्व कृषि मन्त्री हिराकुमार थापा, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोशन सुवेदी लगायातले स्वदेश फर्किएका राउतलाई स्वागत गरेका छन् ।

कार्यक्रममा आफु यसरी स्वदेश फर्किएर आउछु भन्ने विश्वास नलागेको अब कहिल्यै पनि विदेश नजाने स्वदेशमै केही गर्ने सोच बनाएको राउतले बताए ।

शेयर गर्नुहोस :

0
Shares