Uncategorized

बिर्तामोडमा दोहोरियो श्रङ्खलावद्ध ‘मोसा’ चोरी

बिर्तामोडमा दोहोरियो श्रङ्खलावद्ध ‘मोसा’ चोरी


सम्पादकीय 

झापामा केहि समयदेखि मोटरसाइकल चोरीको घटना वृद्धि भएको छ । मोटरसाइकल पार्किङ गरेको २ मिनेटको समयमा बिर्तामोडमा मोटरसाइकल चोरी भइरहेको छ । सोमवार पत्रकार पुष्प बरालको मोटरसाइकल घरमुनीबाट चोरी भयो । मोटरसाइकल रोकेर घरमाथि गएको २ मिनेटपछि मोटरसाइकल राखेको ठाउँमा भेटिएन । केहि मिनेटमै चोरी भएको यो घटना नयाँ होइन । बिर्तामोडमा पलपलमा मोटरसाइकल चोरी भइरहेको छ । यस प्रकारको घटना जारी छ । मोटरसाइकल चोरीको श्रृङ्खला झनै बढेर गएको छ । चोरी नियन्त्रणका लागि प्रहरी प्रशासन पनि सफल हुन सकेको छैन ।

बिर्तामोडसहित झापाभर मोटरसाइकल चोरी भइरहेको घटनाले कुनै गिरोह नै सक्रिय रहेको हुन सक्ने शंका गर्न सकिन्छ । असाध्यै छोटो समयमा मोटरसाइकल राखेको ठाउँबाट चोरी भइरहेको छ । यसले गिरोह सक्रिय रहेको स्पष्ट छ । यसको खोजी नगरेसम्म चोरीको घटना नियन्त्रण हुन सक्दैन । मोटरसाइकल चोरीको घटनाले सबैलाई त्रसित बनाएको छ । मोटरसाइकल चोरीमा संलग्नहरुको गिरोह खोजी गर्न प्रहरीको सक्रियता अनिवार्य छ । प्रहरीले यसका लागि अपरेशन नै सञ्चालन गर्नुपर्ने देखिन्छ ।

केहि वर्षअघि बिर्तामोड प्रहरीले मोटरसाइकल चोरी गर्ने ठुलो समूह नियन्त्रणमा लिई मुद्धा चलाएको थियो । त्यसबेला उनीहरुलाई अदालतले सजायका लागि कारागार नै चलान गरेको थियो । कारागार चलान भएकाहरु केहि महिनाअघि बाहिर आएको सूचना छ । त्यहि व्यक्तिहरुले नै मोटरसाइकल चोरीको श्रृङ्खला दोहोर्याएको हुन सक्छ । यसैले त्यस विषयलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाउनुपर्छ । चोरी गर्नु पूर्व कै खरीद गर्ने व्यक्ति खोजी गर्ने वा खरिद गर्ने नभेटिएको अवस्थामा ग्यारेजमा लगेर पाटपूर्जासँगै अन्य स्वरुप परिवर्तन गर्ने गरेको विगतका उदाहरण छन् । अर्कोतर्फ, मोटरसाइकल भनी आफैले पनि सुरक्षाका लागि उपायहरु अपनाउनुपर्ने देखिन्छ ।

शेयर गर्नुहोस :

0
Shares