मुख्य समाचार

बिर्तामोडकोे विराटपोखर नजिकै एक युवकको शव फेला

बिर्तामोडकोे विराटपोखर नजिकै एक युवकको शव फेला


बिर्तामोड । झापाको बिर्तामोड -१० पश्चिम बिराटपोखरमा एक युवकको शव फेला परेको छ । पश्चिम बिराटपोखर स्थित पुरानो निर्माणाधिन घर छेउ नजिकै टहरोभित्र उक्त शव आज बिहान स्थानीयले देखेका थिए ।

शव सिरिजङ्गा ताप्लेजुङ्गका ३० वर्षीय संजय माबो रहेको बुझिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको इप्रका अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares