मुख्य समाचार

राष्ट्रपतिद्वारा गायिका मेनुकालाई सम्मान

राष्ट्रपतिद्वारा गायिका मेनुकालाई सम्मान


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् ।

राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए । उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।

शेयर गर्नुहोस :

0
Shares