Banner news

कनकाईमा विद्युतीय शवदाह गृह बनाउन २ करोड विनियोजन

कनकाईमा विद्युतीय शवदाह गृह बनाउन २ करोड विनियोजन

कोशी प्रदेश सरकारको आव २०८१/८२ को वार्षिक बजेट शनिबार प्रस्तुत गर्न प्रदेश सभा भवन जाँदै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर । तस्बिर : मनोज दाहाल/रासस

बिर्तामोड । झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् ।

कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय स्तरबाट माग उठ्दै आएको थियो । २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares