मुख्य समाचार

छोरीलाई गर्भवती बनाउने झड्केलो बुबा पक्राउ

छोरीलाई गर्भवती बनाउने झड्केलो बुबा पक्राउ

Modern metal handcuffs. Vector illustration in flat style

बुद्वशान्ति । झापाको बुद्वशान्तिमा आफैले पालनपोषण गरी हुर्काएकी छोरीलाई करणी गरी गर्भवती बनाउने एक झड्केलो बुबा झापामा पक्राउ परेका छन् ।

बुद्धशान्ति गाउँपालिकामा त्यस किसिमको घटना भएको हो । गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त छैनन् । तिनै ४१ वर्षका झड्केलो बुबाले सानैदेखि पालेका थिए । घटनाको संवेदनशीलतालाई मध्यनजर गरी प्रहरीले पीडित र पीडकका बारेमा खुलाएको छैन ।

बलात्कृत नाबालिकालाई सेफ हाउसमा राखिएको र घटनामा संलग्न झड्केलो बुबालाई पक्राउ गरी आबश्यक कार्वाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares