मुख्य समाचार

बिर्तामोडका हरि प्रसाई र भद्रपुरका खेमराज पोखरेल कारागार चलान

बिर्तामोडका हरि प्रसाई र भद्रपुरका खेमराज पोखरेल कारागार चलान


बिर्तामोड । बिर्तामोडका हरि प्रसाई सहित दुई जना फरार प्रतिवादीलाई झापा प्रहरीलाई पक्राउ गरेको छ । प्रसाई बैंकिङ कसुर र खेमराज पोखरेल हाडनाता मुद्दामा दोषी ठहर भई फरार रहेका थिए ।

बिर्तामोड– ५ का ५५ वर्षीय हरि प्रसाईलाई झापा जिल्ला अदालतको गत असार ५ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा १ महिना कैद र रु.७ लाख २५ हजार रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा रु.२९ हजार क्षतिपूर्ति जम्मा गर्नुपर्ने फैसला सुनाइएको थियो ।

भद्रपुरका पोखरले जबरजस्ती हाडनाता करणी मुद्दाका फरार प्रतिवादी हुन् । भद्रपुर नगरपालिका वडा नं.८ बस्ने ४८ वर्षीय खेमराज पोखरेल र बिर्तामोडका प्रसाईलाई बिहीवार पक्राउ गरिएको हो । झापा जिल्ला अदालतको २०७२ बैशाख २० गतेको फैसला र सर्वोच्च अदालतका २०८० कात्तिक १९ गतेको फैसला अनुसार जबरजस्ती हाडनाता करणी मुद्दामा उनलाई १० बर्ष कैद र क्षतिपूर्ति बापत रु.५ लाख रुपैयाँ पीडितलाई भराउनु पर्ने फैसला सुनाइएको थियो ।

झापा प्रहरीका अनुसार दुवैलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares