मुख्य समाचार

झापाकी दीक्षाको अस्ट्रेलियामा शङ्कास्पद मृत्यु, परिवारद्वारा छानबिनको माग

झापाकी दीक्षाको अस्ट्रेलियामा शङ्कास्पद मृत्यु, परिवारद्वारा छानबिनको माग


झापा । झापाको मेचीनगर–१४ की तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्निदेखि केहीदुरिमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो ।

दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य व्यापार एभरेस्ट बुचरीझमा पार्टटाइम काम गर्दै आएकी थिइन् । भने उनको श्रीमान् रबि प्रसाईं सोही बुचरीझ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् ।

अघिल्लो दिन रबि र तुलनामाया सँगै डिउटी जाने र सँगै फर्केका थिए । अर्कोदिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै डिउटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो । काउण्टरमा दिक्षालाई नदेखेपछि रबिले खोजीकार्य बढाएको उनको भनाई छ । छोरी दिक्षा हराएकी रहिछ, दिक्षाकी आमा अम्बिका शिवाकोटीले भनिन्, अघिल्लो दिन गफ गरेकी छोरिलाई पटकपटक फोन गर्दा लागेन अनि ज्वाईं रबिलाई गरेपछी मात्रै हराएको कुरा थाहा भएको थियो । सिड्नी शहरमा ५ दिनयता एउटा कोठामा बस्दै आएकाले नयाँ शहरमा कतै झुक्किइँ होला भन्ने लाग्दै ज्वाईंलाई खोज्न आग्रह गरे । सो कुरा आमा अम्बिकाले जेठी छोरी आशालाई जानकारी गराएलगत्तै रबिलाई फोन गरेर पुलिस केश गर्न भनिन् । रबिले पनि स्थानीय ठाउँमा खोज्ने नभेटिए पुलिस रिपोर्ट गर्छु भने तर, दिक्षालाई न रबिले नै भेटे न स्थानीयले । रबिले रडेल र सिड्नी पुलिस स्टेशन पुगेर वेपता भएकी पत्नी खोजीदिन भन्दै निवेदन गरेका थिए ।

अस्ट्रेलियाको मिसिङ नोटिक्स सार्वजनिक गरेपछि त्यहाँको समयनुसार १०ः४ बजे पसलबाट निस्किएकी दिक्षालाई झन्डै २५ किलोमिटरदुरिमा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि ५ बजे शंकास्पद अवस्थामा मृत शव फेला परेको हो । प्रहरीको अनुशन्धानकै क्रम रहेकाले उनको शब हालसम्म परिवारलाई दिएको छैन ।

दिक्षाको मृत्यु कि हत्या ?

२०५३ सालमा जन्म भइ २७ वर्षकी दिक्षाको कलिलै उमेरमा कसरी र के कारणले मृत्यु भयो शंकास्पद र रहस्यमय छ । प्रहरीको रिपोर्टपछि आत्महत्या नै गरेको रहेछ भनेपनि आत्महत्या दुरुत्साहनको कानूनी प्रक्रिया अघि बढाउने दिक्षाको माइती पक्षको भनाइ छ । दिक्षा झापा मेचीनगर–१४ रामनगरस्थित उनका बुवा टंकप्रसाद र आमा अम्बिका शिवाकोटीको ५ जना सन्तानमध्ये कान्छी छोरी हुन् । उनका दुईजना दाजु बिदेशमै छन् । शालीन, मृदुभाषी, असिलो स्वभाव र परोपकार–सहयोगी मनकी धनी दिक्षाको मृत्युको खवरले परिवार, आफन्त र मेचीनगर–११ र १४ घरछिमेकी शोकमा डुबेका छ्न् । माइती घरमा दैनिक आफन्त र इष्टमित्रको घुइँचो बढेको छ ।

अस्ट्रेलियास्थित विभिन्न संस्थाको भनाईः

उता सत्यतथ्यका लागि प्रहरीको अनुशन्धानकै क्रममा रहेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले जानकारी दिए । अस्ट्रेलिया आएको ४ महिनामै कसरी उनको मृत्यु भयो उनका पति, आफन्त, साथिभाई या पारिवारिक समस्याकै कारण पनि हुनसक्ने अध्यक्ष ओलीको भनाई छ । घटनाको हुलियाँको अवस्थापछि प्रहरीले मृत भनेको छ तर, दिक्षाको माइततिर ञसुसाइडझ घटना हो भनेर खबर गरेपछि घटना शंकास्पद नै भएको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीको भनाई छ ।

यद्यपि अस्ट्रेलियन प्रहरीले कुनै दवाब र प्रभाव बिना त्यसको सत्यतथ्य पत्ता लगाउन हामी पनि सहयोग गर्छौ, उप्रेतीले भने,ञअस्ट्रेलिया आएकै ४ महिनामा मृत फेला हुनुको रहस्यमय, शंकास्पद र पहिलो घटना हो । यसअघि पनि यस्ता घटना भए तर, यति छोटो समयमा चै घटना भएको थिएन ।झबहुसंख्यक नेपालीको बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा भएको घटना रहस्यमय भएको गैरआवासीय नेपाली समाज ञएनआरनाझ संयोजक दिनेश पोख्रेलले बताए । प्रहरीको अनुसन्धानकै क्रममा भएकाले त्यसलाई सघाउने र परिवारलाई एक्लै भएको महसुस नगर्नसमेत संयोजक पोख्रेलले आग्रह गरे । उनले अस्ट्रेलियामा रहेका कुनैपनि समस्यामा परेका नेपालीले सम्पर्क गर्नसमेत आग्रह गरे ।

शेयर गर्नुहोस :

0
Shares