Banner news

उपचारका क्रममा झापा कारागारका एक कैदी फरार

उपचारका क्रममा झापा कारागारका एक कैदी फरार


बिर्तामोड । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन् ।

आज करिब १०ः३० बजे जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भद्रपुर ५ का जीवन साह फरार भएका छन् । फरार साहलाई छाती सम्बन्धी बिरामी भई उपचारका निम्ति प्रादेशिक अस्पताल लगिएको थियो । उनलाई थप उपचारका निम्ति ओमसाई पाथीभरा अस्पताल लगिएको थियो ।

साहले ट्वाईलेट लगेको बहाना बनाएर टोइलेट बाट भागेका छन् । हाल उनलाई प्रहरी उपरीक्षक समेतको कमाण्डमा अन्य जिल्ला संग सम्नवय गरि खोजतलास कार्य भैरहेको छ ।

साहलाई प्रहरी सहायक हवल्दार धनेश्वर यादवको नेतृत्वमा अस्पताल लगिएको थियो । उनका कुरुवाका निम्ति प्रहरी जवान दिपेन मण्डल र साम कुमार राई लगायतका प्रहरीहरु खटिएका थिए ।

साहले जबरजस्ती करणीको मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

शेयर गर्नुहोस :

0
Shares