Banner news

कनकाई ६ मा ८ बजेदेखी मतगणना

कनकाई ६ मा ८ बजेदेखी मतगणना


बिर्तामोड । झापाको कनकाई नगरपालिकामा सर्वदलीय बैठकले ८ बजेबाट मत गणना गर्ने निर्णय गरेको छ । हरेक ५ सय मत गणनापछि सार्वजनिक गर्ने निर्णय भएको बुझिएको छ । आज सम्पन्न कन्काई ६ को उपनिर्वाचनमा ७३.५२ प्रतिशत मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलको अध्यक्षतामा झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष पदका उम्मेदवारहरु लगायतको उपस्थितिमा सर्वदलीय बैठक सम्पन्न भएको हो ।

शेयर गर्नुहोस :

0
Shares