मुख्य समाचार

झोलुङ्गे पुल बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज

झोलुङ्गे पुल बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज

कोलुबुङ्गे गौडा रमिते गौडा झोलुङ्गेपुल झापा, २५ पुसः झापाको बुद्ध शान्ति वडा नं ६ र ७ मा नवनिर्मित ४७७ मिटर लम्बाई भएको कोशी प्रदेशकै लामो ‘कोलुबुङ्गे गौडा रमिते गौडा झोलुङ्गेपुल’ । नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको पुलमा फोटो र भिडियो खिच्न दैनिक ५०० सयभन्दा बढी पर्यटक आउने गर्छन् । तस्बिरःचन्द्रकला भण्डारी/रासस

झापा । बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ ।

पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ गर्नु भएको थियो । उहाँले पुलको बिहीवार शुभारम्भ गर्नुहुँदै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्न समेत पुलको निर्माणले सहज भएको बताउनुभयो ।

सो अवसरमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले पुल रहेको स्थान आकर्षक भौगोलिक बनावटका कारण रमणीय भएकाले नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको जनाउँदै दैनिक पाँच सयभन्दा बढी पर्यटक आउन थालेको बताउनुभयो ।

पुलमा घुइँचो बढेपछि पालिकाले नगर प्रहरी परिचालन गरेर पुलमा ओहोरदोहोर गर्ने यात्रुको व्यवस्थान गरिरहेको छ । उक्त पुलको भारवहन क्षमता ९० मेट्रिकटन र एकपटकमा छ सय ४७ जना पदयात्रीको भार पुलले थेग्ने क्षमता रहेको जनाइएको छ ।

पुलको रहेको सथन वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतका पर्यटकीय स्थल रहेका कारण पुलमा आउने पर्यटक बढेको हो ।

शेयर गर्नुहोस :

0
Shares