मुख्य समाचार

कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबार पेसी

कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबार पेसी


काठमाडौं, १४ चैत । सरकारले बर्खास्त गरेपछि सर्वोच्च अदालत पुगेका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै पुर्नस्थापनाको माग गर्दै उनले बुधबार पेस गरेको रिट निवेदन आज दर्ता भएको हो ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् । रिटको पहिलो पेसी भोलि (शुक्रबार) का लागि तोकिएको छ।

शेयर गर्नुहोस :

135
Shares