Banner news

सहाराको कर्मचारी दुर्व्यवहारको घटनामा किन बोलेनन् छाता संस्था ?

सहाराको कर्मचारी दुर्व्यवहारको घटनामा किन बोलेनन् छाता संस्था ?


बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुव्र्यवहार पूर्ण घटना भएको तीन दिन वितिसक्दा पनि सहकारीका झापा जिल्लास्थित संघसंगठनले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । कर्मचारीमाथि जुत्ताको माला नै लगाएर दुव्र्यवहारपूर्ण घटना हुँदा संघ संगठनले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने हो ।

असार २९ गते आइतबारका दिन मोरङको मधुमल्लामा सहाराका कर्मचारीमाथि ऋणी सदस्यहरुले दुव्र्यवहार गरेका थिए । कर्मचारीमाथि दुव्र्यवहार गर्ने मोरङ्ग मिक्लाजुङ्ग – २ रचनाटार बस्ने नैन प्रसाद लिम्बुकी छोरी दुर्गामाया लिम्बु र सोही स्थानमा बस्ने चन्द्रलाल मगरको पत्नी माया मगरविरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिइएको हो । सहाराका कर्मचारीहरु मधुमल्ला सेवा केन्द्र प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने बि.क. लाई ऋण असुली तागेता गर्न जाने क्रममा दुव्र्यवहार भएको थियो ।

घटनाको तेस्रो दिनसम्म झापामा मुख्य कार्यालय रहेको सहाराका कर्मचारीमाथिको घटनामा सहकारी क्षेत्रका मुख्य दुई संस्था अहिलेसम्म बोलेका छैनन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेम कोइरालाले सहारा नेपालसँग सम्पर्क मै रहेको जानकारी दिए । उनले सहाराले आधिकारिका रुपमा घटनाको जानकारी दिएपछि विज्ञप्ति प्रकाशन गर्ने बताए । अध्यक्ष कोइरालाका अनुसार विज्ञप्ति निकाल्न आधार खोजी गरिएको छ । पत्र आए लगत्तै संघले कारबाहीको लागि विज्ञप्ति सार्वजनिक गर्नेछ । घटना अत्यन्तै निन्दनीय छ, उनले भने – विज्ञप्ति मार्फत धारणा सार्वजनिक गर्न सल्लाह भइरहेको छ ।

यस्तै, बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानले घटना खेदपूर्ण भएको बताएका छन् । उनले ऋणी सदस्यहरु पनि संस्थाको मालिक भएकाले आफ्नो समस्या संस्थामा जानकारी दिनुपर्नेमा कर्मचारीमाथि दुव्र्यवहार गर्नु बेठिक भएको बताए ।

अध्यक्ष न्यौपानले सोसल मिडियामा आएको जानकारी भन्दा पनि सहाराले आधिकारिक सूचना दिएपछि विज्ञप्ति निकाल्ने इजलाससित बताएका छन् । उनी भन्छन्, विज्ञप्ति निकाल्ने तयारी भइरहेको छ । अब छिट्टै निकाल्छौं । विज्ञप्ति मार्फत कारबाहीको माग गर्नेछौं ।

झापा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष गणेश ढकालले कर्मचारीमाथिको घटना नियोजित रुपमा भएको जानकारी दिए । उनले भने, कर्मचारीबाट कमजोरी देखिएको छैन । भिडियो बनाएर बद्नाम गर्नुले घटना नियोजित भएको स्पष्ट छ ।
सदस्यहरुलाई कारोवारमा प्रतिकुल भए संस्थामा जानकारी दिए सहजीकरण हुने अवस्था बन्छ, ढकाल भन्छन् – अनुरोध गर्न पुगेका कर्मचारीलाई दुव्र्यवहार गर्नेलाई कानुनी कारबाही हुनैपर्छ ।

सो घटनालाई लिएर बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कारबाहीको माग गर्ने सन्दर्भमा ऐक्वयद्धता जनाएको छ ।

शेयर गर्नुहोस :

5.7k
Shares