Banner news

बिर्तामोडबाट ठुलो मात्रामा लागुऔषध बरामद, एक स्टाफ पक्राउ

बिर्तामोडबाट ठुलो मात्रामा लागुऔषध बरामद, एक स्टाफ पक्राउ


बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अहिलेसम्मकै ठुलो परिमाणमा बिर्तामोडबाट प्रतिबन्धित औषधि सहित लागुऔषध बरामत गरेको छ । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको हो ।

लागुऔषधसँगै अर्जुनधारा–६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई प्रहरीले सार्वजनिक हो । घिमिरेको साथबाट १ थान मोटरसाइकल र २ वटा मोबाइल फोन समेत बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घिमिरे त्यहाँ स्टाफका रुपमा कार्यरत छन् । सञ्चालकाको खोजी भइरहेको जनाइएको छ ।

प्रहरीले बिहीवार बिहान ११ बजे बरामद गरेको विभिन्न छ प्रकारका औषधिजन्य लागुऔषध सार्वजनिक गरेको हो । प्रहरीका अनुसार बरामद गरिएको प्रतिबन्धित औषधिजन्य लागुऔषध झन्डै सवा दुई लाख ट्याब्लेट क्याप्सुल रहेको छ ।

बिर्तामोड प्रहरीले बिर्तामोड–५ मंगलदीप टोलमा रहेको एउटा घरमा रहेको गोदामबाट औषधिजन्य लागुऔषध बरामद गरेको थियो । बिर्तामोडका डिएसपी विजय श्रेष्ठले ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार ८०० क्याप्सुल र ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० एम्पुल बरामद गरेको जानकारी दिए ।

यस्तै, ट्रामाडोल एन्ड एसिटामिनोफेन चार हजार ५० ट्याब्लेट, डाइसाइक्लोमाइन एचसिएल ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल आठ हजार ९०० ट्याब्लेट र टर्मिपलि किट्स सात हजार ६५० ट्याब्लेट बरामद गरिएको छ । झापा अर्जुनधारा–११ नारायणचोकको दंगाल मार्केटमा रहेको सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलकै स्वमित्वमा रहेको गोदामबाट औषधिजन्य लागुऔषध बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । मिनकुमार संग्रौलाको घर भाडामा लिई दुईवटा कोठामा लागुऔषध बराखद गरेको फेला परेको छ । प्रहरीले ति कोठालाई सिल गरेर औषधि व्यवस्था विभागलाई जानकारी गराइसकेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी गोदाममा पुगेको थियो । सो प्रतिबन्धित औषधि र लागुऔषधहरु काठमाडौं निर्यात हुने गरेको बुझिएको छ ।

शेयर गर्नुहोस :

1.1k
Shares