बिर्तामोड

डा. महावीर पुनसँग एनवाईइएफ झापाको अन्तरक्रिया

डा. महावीर पुनसँग एनवाईइएफ झापाको अन्तरक्रिया


बिर्तामोड । आत्मकथा विक्रीको लागि झापा आउनु भएका डा. महावीर पुनसँग युवा उद्यमीहरुले अन्तरक्रिया गरेका छन् । एनवाईइएफ झापाले डा. पुनसँग अन्तरक्रिया गरेको हो । केहि सातादेखि पुन आफ्नो आत्मकथा विक्रीका लागि झापाका विभिन्न बजारमा घुमिरहनु भएको छ ।

अध्यक्ष गणेश पौडेल नेतृत्वको नेपाल युवा उद्यमी संघ ( एनवाईइएफ) झापा शाखाले आज वार्षिक साधारण सभापछि पहिलो कार्यक्रमका रुपमा डा. पुनसँग अन्तरक्रिया गरेको प्रमुख उपाध्यक्ष मिजास पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय प्रतिभा पुरस्कार विजेता, नवप्रवर्तक तथा सामाजिक उद्यमी डा. महावीर पुनसँगको अन्तरक्रिया प्रेरणादायी भएको अध्यक्ष पौडेलको भनाई छ ।

झापा बिर्तामाडस्थित लयनामा आयोजित अन्तरक्रियामा एनवाईइएफ झापाका अध्यक्ष पौडेल र प्रथम उपाध्यक्ष पोखरेलले संस्थाको गतिविधिहरू र आगामी योजनाहरुका बारेमा स्पष्ट पार्नुभएको थियो ।

सो अवसरमा डा. महावीर पुनले आफ्ना यादगार अनुभवहरू, नवीन विचारहरू र नेपालमा प्रविधि तथा उद्यमशिलताको विकासका लागि आफ्नो प्रेरणादायी धारणा व्यक्त गर्नुभएको थियो ।

नेपाली युवाहरूले नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमशिलतालाई अगाडि बढाउनुपर्छ भन्नेमा जोड दिदैं सहभागीहरूलाई इन्टरनेट र प्रविधिको सदुपयोग गरी स्थानीय समस्या समाधान गर्न सूझाव दिनुभयो ।

एनवाईइएफ झापाका अध्यक्ष पौडेलले सहभागीलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो ‘यो कार्यक्रम हाम्रो वर्षको सुरुवात हो । विभिन्न व्यक्तित्वसँगको यस्ता अन्तरक्रियालाई आगामी दिनमा निरन्तरता दिदैं जानेछौं ।’
६५ जना सदस्य रहेको एनवाईइएफ झापाले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग स्वरुप ६५ वटा पुस्तक समेत खरिद गरेको छ ।

शेयर गर्नुहोस :

486
Shares