बिर्तामोड । वर्खायामले रक्तदान घटेपछि झापामा रगतको अभाव भएको छ । वर्खायामका कारण अन्य समय जस्तो उपलब्धता नभएको रेडक्रस सोसाइटी झापाले जनाएको छ ।
रेडक्रस झापाका शाखा अधिकृत हरिशरण खड्काले असार, साउनको समयमा ‘ब्लड डोनेशन’ घट्दा रगतको अभाव हुने गरेको जानकारी दिए । उनका अनुसार अन्य महिनाजस्तो अहिले तयारी अवस्थामा छैन, आवश्यकताका आधारमा समन्वय गरेर खोज्नुपर्छ । रक्तदाताहरुको विवरण जिल्लामा छ, उनले भने ‘ विरामीको परिवारलाई सम्पर्क समन्वय गरेर उपलब्ध गराउन सहयोग गर्छौ ।’ 
दैनिक ४०-४५ पोका रगत अभाव हुने झापामा रगतको अभाव भएको खड्काको भनाई छ । उनले बिर्तामोडका २ र भद्रपुरको एउटा केन्द्रबाट वितरण गर्ने गरिएको छ भने दमकमा अलग्गै केन्द्र रहेको छ । खेतीपातीका कारण रक्तदाता खोजी गर्न समेत कठिन हुने बताइएको छ । अधिकृत खड्काले रगत अभावलाई सहज बनाउन रक्तदानका लागि आग्रह गरेका छन् ।







प्रतिक्रिया