Banner news

वडाध्यक्ष कार्कीलाई कारबाही गर्न एमालेको माग

वडाध्यक्ष कार्कीलाई कारबाही गर्न एमालेको माग


बिर्तामोड । नेकपा एमाले बिर्तामोडले वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीलाई कारबाहीको माग गरेको छ । बुधबार बिर्तामोडका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथि हमला गर्ने उद्देश्यसहित कार्यकक्षमै प्रवेश गरेर गालीगलौच गरेकोमा भत्र्सना गर्दै एमालेले कारबाहीको माग गरेको हो ।

वडाध्यक्षले उप–प्रमुखमाथि गरेको व्यवहार निन्दनीय र निन्दनीय र भत्र्सना योग्य छ, एमालेले विज्ञप्तिमा भनेको छ, – दुई पक्षबीच कुनै अन्तरविरोध भए समाधान गर्नुको बदलामा त्यसरी प्रस्तुत हुनुलाई नेकपा एमालेले बेठिक भएको दावी गरेको छ ।

सबै जनप्रतिनिधिहरुले आफ्नो मर्यादालाई ख्याल गर्दै सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी नगरी जनताको सेवामा क्रियाशील हुन एमालेले विशेष आग्रह गरेको छ ।

कुनै पनि सार्वजनिक वा निजी स्थानमा हुलहुज्जत गर्ने, गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै कानुनलाई हातमा लिने र हुलहुज्जत गर्दै उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथी कुटपिटको प्रयास गर्ने वडाध्यक्ष कार्कीसहित उक्त कार्यमा सहभागी सबैलाई कानुन बमोजिम कारवाही गर्न विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ, विज्ञप्तिमा उल्लेख छ ।

उपप्रमुख संग्रौलाले वडाध्यक्ष कार्कीबारे सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेको विषयले दुई पक्षबीच विवाद भएको थियो । कमेन्टमा चित्त नबुझेपछि वडाध्यक्ष कार्की उपप्रमुख संग्रौलामाथि खनिएका थिए । दुई पक्षबीच कार्यालयभित्रै भनाभन, चर्काचर्की परेको थियो ।

शेयर गर्नुहोस :

16.6k
Shares