बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अर्जुनधारा जलेश्वर धामको दर्शन गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित धाममा साउने सोमवारको अवसर पारेर मुख्यमन्त्री कार्कीले दर्शन गर्नुका साथै श्रावणी पर्वको अवलोलन गरेका हुन् ।
मुख्यमन्त्री कार्कीसँगै प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्की, प्रदेश सभा सदस्यद्वय तिलचन पाठक र सुशिला भट्टराई कार्की, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक इश्वर कार्की, सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले मन्दिरमा दर्शन गरेका थिए ।

सो अवसरमा धामका गतिविधि बारे समितिका उपाध्यक्ष भीमचन्द्र भट्टराईले जानकारी गराएका थिए । दर्शनपछि मुख्यमन्त्री कार्कीबाट अनुमानित २५ करोड रुपैयाँको लागतमा धाम क्षेत्रमा निर्माण हुने अत्याधुनिक सुविधा सम्पन्न अतिथि सदनको लागि आवश्यक बजेट विनियोजन गर्ने र अतिथि सदन निर्माण गर्न समितिले खरिद गरेको १० कठ्ठा जमिन पासको लागि धार्मिक तीर्थस्थलहरुलाई नियम अनुसार दिइने कर छुटको गर्न पहल गर्ने आश्वासन दिएको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले अर्जुनधारा वडा नं। ८ को कार्यालय अवलोन गर्दै शिवसताक्षी धाम समेत दर्शन गरेर फर्किएका छन् ।
मुख्यमन्त्रीभन्दा अघि मन्दिर किताव बेच्ने क्रममा पुगेका राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डाक्टर महावीर पुनले अर्जुनधारा जलेश्वर धामको दर्शनसँगै पूजाअर्चना गरेका थिए ।







प्रतिक्रिया