Banner news

बिर्तामोडमा आज पक्राउ पर्ने पन्धाक भानुभक्त खरेलकै साझेदार

बिर्तामोडमा आज पक्राउ पर्ने पन्धाक भानुभक्त खरेलकै साझेदार


बिर्तामोड । लागुऔषध व्यूरो र बिर्तामोड प्रहरीले आज पक्राउ गरेका व्यक्ति भानुभक्त खरेलको साझोदार भएको खुलेको छ । प्रहरीले आज बिर्तामोड ५ स्थित कंचन टोलबाट ४६ वर्षीय राजेन्द्र पन्धाकलाई पक्राउ गरेको हो । खरेलसँग व्यवसायिक साझेदारका रुपमा पन्धाक काम गर्दै आएको बुझिएको छ ।

गत साउन १ गते बिर्तामोड प्रहरीले बिर्तामोड–५ मंगलदीप टोलमा रहेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य लागुऔषध बरामद गरेको थियो । खरेल सञ्चालक रहेको सो गोदामबाट प्रहरीले २ लाख २१ हजार ४०० वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल लागूऔषध बरामद गरेको जनाएको थियो । पन्धाकको घरबाट २० हजार क्याप्सुल बरामत गरिएको छ ।

खरेलले बिर्तामोड नगरपालिका ५ मंगलदिप टोलस्थित मनकुमार संग्रौलाको घरमा कोठा भाडा लिई लागुऔषध भण्डारण गरिराखेको अवस्थामा १०३८०० क्याप्सुल ट्रामाडोल, १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सने, ४०५० ट्याब्लेट ट्रामाडोल एण्ड एसीटामिनोफेन् ट्याब्लेट, टर्मिपिल किट ७६५० ट्याब्लेट, जेनेग्रा एम टी रेड १०० एमजीको ८९०० ट्याब्लेट र ९७ हजार ट्याब्लेट डाईक्लोमाइन् एच सी एल ट्याब्लेट बरामद गरेको थियो । खरेल अहिले फरार रहेका छन् ।
प्रहरीले प्रतिबन्धित औषधि र लागूऔषधसहित खरेलका स्टाफ अर्जुनधारा–६ दासपुल बस्ने बर्ष २५ को विनोद घिमिरेलाई पक्राउ गरेको छ ।

शेयर गर्नुहोस :

1.2k
Shares