बिर्तामोड । झापाको बिर्तामोडमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको छ । १२ बुङ ताससहित १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड– ५ स्थित सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको खाजा पसलबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा इलाम नगरपालिका वडा नं.९ गोलाखर्क घर भई हाल बिर्तामोड ५ धिमाल चोक बस्ने वर्ष ३८ को तिर्थराज तामाङ, इलाम देउमाई १ बरबोटे घर भई हाल अर्जुनधारा ११ बसपार्क बस्ने वर्ष ३२ को कुशल गुरुङ, ताप्लेजुङ पाथिभरा याङबरक २ थेचङगु घर भई बिर्तामोड ६ स्यालडाँगी बस्ने वर्ष ४२ को भुपाल कुमार कटुवाल, पाँचथर हिलिहाङ ८ भारपा घर भई हाल बिर्तामोड ५ किराँत चोक बस्ने वर्ष २९ को मन कुमार कटुवाल, फिदिम ४ थापाटार घर भई हाल बिर्तामोड ५ सगरमाथा टोल बस्ने वर्ष ४९ को हेम बहादुर थापा, धरमपुर घर भई हाल बिर्तामोड ५ बसपार्क बस्ने वर्ष ५१ को गोपाल श्रेष्ठ, पाँचथर ३ लालिखर्क घर भई हाल बिर्तामोड ६ बुट्टाबारी बस्ने वर्ष ३५ को सुजन श्रेष्ठ र हिलिहाङ ७ धारपा घर भई हाल बिर्तामोड ५ बस्ने वर्ष ३५ को ध्रुव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ अभियुक्तहरुलाई मुलुकी अपराध संहिता २०७४ को जुवा सम्बन्धी कसूरमा अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयबाट ४ दिन म्याद लिई अनुसन्धान सुरु गरिएको छ ।
तस्वीर सांकेतिक







प्रतिक्रिया