मुख्य समाचार

राजनीतिक संकटका बेला दलहरु एकताबद्ध हुनुपर्दछ : महासचिव पोखरेल

राजनीतिक संकटका बेला दलहरु एकताबद्ध हुनुपर्दछ : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक संकटका बेला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताउनुभएको छ।

आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले विगतका दुई संकटपूर्ण घडीमा दलहरुको एकताकाकारण नै संघीयता र जनता सार्वभौम र देशले संघीय लोकतान्त्रिक गणतन्त्र पाएको स्मरण गर्नुभएको छ।

महासचिव पोखरेलले २०५९ असोज १८ र २०६१ माघ १९ को प्रसंग स्मरणगर्दै त्यसबेला दलहरु विभाजि र एजेण्डामा पनि विविध अवस्थामा रहेकोमा पछि एजेण्डामा एक्तावद्ध हुँदा मुलुकको राजनीतिमा लयमा फर्किएको उहाँको भनाइ छ।

‘असोज १८ ताका दलहरु एजेण्डामा विभाजित र अन्यौलग्रस्त थिए तर माघ १९ पछी उनीहरुले आफ्ना एजेण्डा स्पष्ट पार्दै एकताबद्ध भए ’ महासचिव पोखेरेलले लेख्नु भएको छ, ‘परिणामस्वरुप जनता सार्वभौम बने र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गर्यो।’

महासचिव पोखरेलले ‘इतिहासको शिक्षा’ शिर्षक दिएर लेखेको छोटो स्टाटसमा कुनै पनि आन्दोलन,पार्टी वा नेतृत्वको भविष्य मुख्यतस्स्पष्ट एजेण्डामा निर्भर रहने उल्लेख गर्नुभएको छ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu