बिर्तामोड । जेन जी आन्दोलनका क्रममा सवारीमा क्षति पुगेपछि बिर्तामोड नगरपालिकाले २ वटा गाडि उपलब्ध गराएको छ । बिर्तामोड नगरपालिकाले इलाका प्रहरी कार्यालय अनारमनीलाई तत्कालका लागि प्रयोग गर्न २ वटा गाडी उपलव्ध गराएको हो ।

प्रहरीलाई गस्ती गर्न सवारीको आवश्यक भएपछि नगरपालिकाले सहजीकरण गरेको हो । प्रहरीलाई बा २ झ १२०७ नम्बरको टाटा सफारी र प्रदेश १–०१–००१ झ ०२८१ नम्बरको टाटा पिकअप उपलव्ध गराएको जनाइएको छ ।
यस्तै, बिर्तामोडका रि–कण्डिसन व्यवसायीहरुले झापा ट्राफिक र इप्रकालाई मोटरसाइकल उपलब्ध गराएका छन् । व्यवसायीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीलाई तत्काल प्रयोगका लागि ४ वटा मोटरसाइकल उपलब्ध गराएका हुन् ।
बिर्तामोड रि–कण्डिसन, बाइकर जोन, युवा रि–कण्डिसन र बाईक सेल्स क्षेत्री रि–कण्डिसनले संयुक्त रूपमा ३ थान १५० सिसीको पल्सर र १ थान १२५ सिसीको बजाज मोटरसाइकल हस्तान्तरण गरेको सुवास अधिकारीले जानकारी दिए । उपलब्ध गराइएको मोटरसाइकलबाट प्रहरीले क्यूआरटीका लागि प्रयोग गर्नेछ ।
भदौं २३ र २४ गतेको जेन जी आन्दोलनमा अराजक समूहले इलाका र ट्राफिक प्रहरी कार्यालयमा तोडफोडसँगै आगजनी गरेको थियो । आगजनीका क्रममा दुवै सुरक्षा निकायका सवारी पूर्ण रुपमा क्षति भएको थियो ।







प्रतिक्रिया