बिर्तामोड । सद्भाव र्यालीसहित बिर्तामोडमा प्रहरीलाई कार्यालय प्रवेश गराउने तयारी भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ¥यालीसहित बुधबार विहान कार्यालय प्रवेश गराउन लागिएको हो । उनीहरु भोली बिहानबाट औपचारिक रूपमा फर्किने भएका हुन् ।

गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा आगजनी हुँदा ध्वस्त भएको कार्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै प्रहरी कार्यालय फर्किन लागेका हुन् । अहिले जिल्लाबाटै बिर्तामोडको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको छ ।
पुनर्निर्माणमा नेतृत्व गर्दै आएका बिर्तामोडका युवा व्यवसायी पदम श्रेष्ठका अनुसार भोलि बिहान ७ः३० बजे मुक्तिचोकबाट सद्भाव ¥यालीसहित प्रहरीलाई औपचारिक रूपमा कार्यालय प्रवेश गराइनेछ । हालसम्म पुनर्निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको र बाँकी काम धमाधम काम भइरहेको जनाइएको छ ।
चाडपर्वको समयमा बिर्तामोड क्षेत्रमा प्रहरी नहुँदा चोरी, डकैती लगायतका आपराधिक घटनाहरू बढ्दै आएको भन्दै स्थानीयले तत्काल प्रहरी कार्यालय फर्कनुपर्ने माग गर्दै आएका थिए । स्थानीयबासीले प्रहरी फर्किने खवरसँगै सुरक्षित महसुस गरेका छन् ।







प्रतिक्रिया