Banner news

बिर्तामोडमा फर्किए प्रहरी

बिर्तामोडमा फर्किए प्रहरी


बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनी र ट्राफिक प्रहरीलाई कार्यालय प्रवेश गराइएको छ । जेन जी आन्दोलनका क्रममा विस्थापित प्रहरीहरुलाई आज विहान प्रवेश गराइएको हो ।

सद्भाव र्यालीसहित प्रहरीका दुवै यूनिटलाई कार्यालय प्रवेश गराइएको हो । बिर्तामोडको मुक्तिचोकदेखि र्याली गर्दै इलाका प्रहरी कार्यालयमा डिएसपी विजय श्रेष्ठ र ट्राफिक कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलको नेतृत्वमा प्रहरी कर्मचारीहरुलाई प्रवेश गराइएको छ ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले दुवै कार्यालयका प्रमुखलाई स्वागत गर्नुभएको थियो । नगर प्रमुख प्रसाईसहित विर्तामोडका सामाजिक संघ संस्था, स्थानीय अगुवा युवाहरुले भव्य स्वागतसहित प्रहरीहरुलाई कार्यालय प्रवेश गराएको युवा व्यवसायी पदम श्रेष्ठले जानकारी दिए ।

क्षतिग्रस्त दुई कार्यालयको पुनर्निर्माणमा समुदायस्तरबाट सहयोग जुटेको हो । समुदायबाटै बिर्तामोडमा प्रहरीलाई पुनस्थापित गरिएको छ । वि.स. २०१२ सालमा बिर्तामोडमा प्रहरी कार्यालय स्थापना गरिएको थियो ।
नगर प्रमुख प्रसाईले प्रहरी कार्यालयमा फर्किएसँगै शान्ति सुरक्षा अनुभूति भएको प्रतिक्रिया दिनुभएको छ ।

 

शेयर गर्नुहोस :

459
Shares