बिर्तामोड । नेसनल भोलिन्टियर फोर्सको युनिफाइड कमाण्डको जिम्मेवारी झापाका सुरज साँवाले प्राप्त गरेका छन् । झापा केरखा निवासी साँवा नेपाल खेलकुद महासंघ कोशी प्रदेशका सचिव हुन् । केन्द्रीय कमाण्डको बैठकले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

नेकपा एमालेको नेसनल भोलिन्टियर फोर्समा कोशी प्रदेशबाट जिम्मेवारी पाएका साँवाले सबै युवाहरुलाई समेट्दै जाने जानकारी दिए ।
युवाहरुका बीच लोकप्रिय साँवाले कोशी प्रदेशका सबै जिल्लाहरुमा नेसनल भोलिन्टियर फोर्सको व्यवस्थित संरचना बनाउदै जाने बताए । उनका अनुसार जिल्ला–जिल्लामा संयोजकहरु तोकिएको छ, अब बाँकी सदस्यहरु थप गर्दै जाने योजना छ ।
जेनजी आन्दोलनका नाममा अराजकता मच्चाएपछि एमालेले त्यसको प्रतिकारका लागि नेसनल भोलिन्टियर फोर्स गठन गरेको थियो । नेसनल भोलिन्टियर फोर्सले नपाली जनताको सुरक्षामा सहयोग गर्ने लक्ष्य राखेको छ ।







प्रतिक्रिया