मुख्य समाचार

चिया बगानबाट ५५७ केजी गाँजा बरामद

चिया बगानबाट ५५७ केजी गाँजा बरामद


झापा। झापाको मेचीनगर नगरपालिका-५ स्थित सिर्जना चोकमा रहेको चिया बगानबाट प्रहरीले ५५७ केजी अवैध गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार आज बिहान करिब ७:५० बजे स्थानीय टेकेन्द्र थापाको व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले खोजतलास गर्ने क्रममा चिया बगानमा लुकाएर राखिएका १३ पोका गाँजा फेला पारेको हो। बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम र प्लास्टिक हटाउँदा ५५७ केजी रहेको प्रहरीले जनाएको छ।

बरामद गाँजालाई आवश्यक मुचुल्का तयार गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu