मुख्य समाचार

मेचीनगर १० मा एमालेद्वारा ६१ जना अग्रज कार्यकर्ता सम्मानित

मेचीनगर १० मा एमालेद्वारा ६१ जना अग्रज कार्यकर्ता सम्मानित


धुलाबारी  । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मेचीनगर वडा नं. १० ले वडाका अग्रज कार्यकर्ताहरुलाई सम्मान गरेको छ ।

बडादशैँ, तिहार, नेपाल संवत, छठ तथा क्रिसमस पर्वको अवसरमा विहीवार शुभकामना आदानप्रदानका साथै अग्रज कार्यकर्ता सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

मेची उद्योग वाणिज्य संघको सभाहलमा भव्यताका साथ सम्पन्न कार्यक्रममा पार्टीका वडा तहमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका ६१ जना अग्रज कार्यकर्तालाई नेपाली टोपी तथा दोसल्ला ओढाएर सम्मान गरिएको वडाका पार्टी अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । सम्मानित हुनेमा २९ जना महिला र ३२ जना पुरुष हुनुहुन्छ ।

अग्रज पार्टी कार्यकर्ता चम्पादेवी चिमरियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती र पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईंको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अतिथिका रूपमा पार्टीका नगर अध्यक्ष राजु कार्की, राजु पोखरेल र कृष्ण कनालको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu