Banner news

एनपीएल फाइनल आज: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल फाइनल आज: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै


काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल बेलुका ५ बजे सुरु हुनेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।

सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनल खेल्दैछ । यसअघि दुई संस्करणमा उपविजेतामै सीमित भएको सुदूरपश्चिम यस पटक पहिलो उपाधिको खोजीमा हुनेछ ।

यता, लुम्बिनी भने लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास रच्ने दाउमा छ ।

प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu