भद्रपुर । एनआईसी एसिया बैंक चन्द्रगढी शाखामा रहेको जगदम्बा टी प्रोसेसिङ प्रालिको खाताबाट डिजिटल माध्यमबाट अनधिकृत रुपमा चोरी भएको रकम खोजीका लागि बैंकले तदारुकता नदेखाएको सञ्चालक भक्तप्रसाद अधिकारीले गुनासो गरेका छन् । खाताबाट रकम चोरी भएको एक साताभन्दा बढी समय बितिसक्दा र सो सम्बन्धी जानकारी गराउँदा पनि बैंकले रकम खोजीमा चासो नदेखाएर पन्छिन खोजेकोजस्तो देखिएको…