झापा - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको पर्यटन मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको पूर्वी द्वार झापाको काँकरभिट्टामा शुरु भएको छैठौं ग्रामीण एशियन पर्यटन महोत्सवको आज एक समारोहका बीच उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो ।…